नेपाल एक कृषि प्रधान देश हो, जहाँ बहुसंख्यक  जनताको मुख्य जीविकोपार्जनको माध्यम नै कृषि रहेको छ। कृषिको विकास बिना देशको अर्थतन्त्र बलियो हुन नसक्ने भएकोले कृषि विकास  आजको अपरिहार्य आवश्यकता हो। कृषिको चौतर्फी विकास गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गराई कृषकहरुको जीवनस्तरमा सुधार गरेर राष्ट्रलाई समुन्नतितर्फ लैजाने उद्देश्य लिई यस जिल्लामा २०२४ सालमा कृषि शाखाको नामबाट र पछि  जिल्ला कृषि विकास कार्यालयको रुपमा स्थापना भएको हो। नेपालको संविधान २०७२ को संघिय संरचनाको प्रावधान बमोजिम  २०७५ साल देखि वागमती प्रदेश सरकार मातहतको निकायका रुपमा रही कृषि ज्ञान केन्द्र, चितवनको नामबाट  नामाकरण गरिएको छ।यसको कार्यक्षेत्र चितवन र मकवानपुर जिल्ला छन् ।

कृषि ज्ञान केन्द्रले प्रदान गर्ने सेवाहरु

  • वाली (खद्यान्न तेलहन दलहन) का विभिन्न प्रविधि सम्बन्धी परामर्श सेवा ।
  • विउविजन तालिम तथा प्रमाणपत्र वितरण, अनुमति पत्र वितरण  र नविकरण।
  • प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कमाण्डक्षेत्र भित्रका व्लकको लागि प्राविधिक सेवा टेवा।
  • कृषि सम्बन्धि साझेदारीका कार्यक्रमहरुको बारेमा जानकारी गराउने।
  • साना सिंचाई विषेश कार्यक्रम संचालन । 
  • ताजा तरकारी, फलफूल खेती, पुष्प खेती, आलु मसला वाली प्रविधि, प्रङ्गारिक खेती सम्बन्धि प्राबिधिक सेवा।
  • रासायनिक विषादीको गुणस्तर कायम तथा अनुगमन निरीक्षण।
  • विषादी तालिम तथा प्रमाणपत्र वितरण।
  • विषादी विक्रेता प्रमाण-पत्र नविकरणका लागि सिफारिश।
  • विषादिको अवषेश द्रुत बिष्लेषण तथा परिक्षण प्रयोगशाला संचालन।
  • रेशम, मौरी, च्याउ खेती तथा बाली संरक्षण सम्बन्धि परामर्श सेवा।
  • बजार सम्बन्धि परामर्श सेवा, जिल्लाको कृषिको वस्तु स्थिति वारे जानकारी, बजार मूल्य सम्वन्धि परामर्श सेवा।