१. दीर्घकालीन उद्देश्यहरु

  • कृषि उत्पादन तथा उत्पादकत्वमा परिमाणात्मक एवम् गुणात्मक वृद्धि गरी  खाद्यपोषण सुरक्षा सुनिश्चित गर्न र निकासीयोग्य उच्च मूल्यवान् बालीवस्तुहरुको आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धन गर्न सहयोग गर्ने ।
  • व्यवसायिक र प्रतिस्पर्धात्मक कृषि प्रणालीको विकास गर्न सहयोग गर्ने।
  • कृषि व्यवसायिकरण एवं औद्योगिकीकरणको माध्यमबाट आय आर्जन तथा उत्पादनशील रोजगारका अवसरहरु वृद्धि गरी कृषकहरुको जीवनस्तर सुधार्नमा टेवा पुर्याउने।
  • दिगो कृषि विकास र वातावरण संरक्षण बीच सन्तुलन कायम राख्दै प्राकृतिक स्रोत-साधन संरक्षण संवर्द्धन तथा सदुपयोग गर्न प्रोत्साहन गर्ने।

२. अल्पकालीन उद्देश्यहरु

  • कृषि प्रसारका विभिन्न शैक्षिक पद्धतिहरुको माध्यमबाट उन्नत एवम् परिमार्जित कृषि प्रविधिहरु बहुसंख्यक कृषकहरुको खेतबारीमा सर्वसुलभ रुपमा पुर्याई आधुनिक एवम् व्यवसायिक कृषि प्रणालीतर्फ कृषकहरुलाई उत्प्रेरित गर्ने।
  • कृषि उत्पादन तथा उत्पादकत्वमा परिमाणात्मक एवं गुणात्मक वृद्धिका लागि आवश्यक पर्ने कृषि उत्पादन सामग्री तथा सेवामा कृषकहरुको पहुँच बढाई सक्षम बनाउन सहजीकरण गर्ने।
  • कृषि उपजहरुको समुचित संरक्षण भण्डारण र बजारीकरणमा आवश्यक सेवा-टेवा पुर्याउने।
  • दिगो कृषि विकास वातावरण संरक्षण बीच सन्तुलन कायम राख्न जनचेतना जगाउने।